• Saturday 25th of July 2026

२३ अङ्कले घट्यो नेप्से


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बीमा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बीमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको शेयर रु १५ करोड ७१ लाख १०५ मा खरिद बिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु १० करोड ८१ लाख ३३ हजार ५००, एनआइसी एशिया बैंकको रु आठ करोड ८८ लाख २४ हजार १४२, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ८७ लाख ५२ हजार २१३, एनएमबी बैंकको रु पाँच करोड ६५ लाख १८ हजार ६९२ र हिमालयन डिष्टिलरी लिमिटेडको रु चार करोड ७५ लाख २३ हजार ८८३ बराबरको शेयर कारोबार भई अग्रस्थानमा रह्यो ।

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका शेयर धनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९५, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.८० र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.४५ प्रतिशतले गुमाएका छन् । यस्तै ग्लोबल आइएमइए लुघवित्त वित्तीय संस्था ७.४०, मिथिला लघुवित्त वित्तीय संस्था ७.२२, स्पर्श लघुवित्त वित्तीय संस्था ६.९८ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.८१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology