• Tuesday 28th of July 2026

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या


  • गोकर्णेश्वर अनलाइन

१९ साउन (रासस÷एएनआई) : क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो हमलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ । बोको हरामका हतियारधारी वद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ ।

उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले उक्त क्षेत्रका स्थानीय सर्वसाधारणको हत्या गर्नेगरी सो हमला गरेका थिए । बोको हरामले पश्चिमी अफ्रिकामा गएका कैयौँ वर्षहरु देखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ । जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गर्ने गरेका छन् । पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology