• Friday 31st of July 2026

नेकपा अध्यक्षद्वयबीच छलफल


  • गोकर्णेश्वर अनलाइन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि छलफल भएको छ । आपसी संवाद बढाउनुभएका अध्यक्षद्वयको छलफलमा आज पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुबीच सोमबार पनि भेटवार्ता भएको थियो । उहाँहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले बताइएको छ । स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ ।

स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद बढेको छ । यही साउन १९ को छलफलपछि नेता नेम्वाङले संवादहीनता फुकेर अध्यक्षद्वयबीच स–सानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको र दुई अध्यक्ष बसेर सहमति गर्नुको विकल्प नभएको स्पष्ट गर्नुभएको थियो । पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology