• Saturday 1st of August 2026

सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता


  • गोकर्णेश्वर अनलाइन

सिरहामा आर्थिक वर्ष २०७६÷७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्र्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्र्ता भएको छ । सेवा उद्योगतर्फ होटल १०१, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्र्ता भएको छ ।

या सङ्ख्या आर्थिक वर्ष २०७५÷७६ मा दर्र्ता भएको भन्दा कम हो । योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४२६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६४८ र सेवा उद्योग तीन हजार ६३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । नयाँ उद्योग दर्र्ताबाट रु ४० लाख २९ हजार १०० राजस्व सङ्कलन भएको छ । गत आव २०७५÷७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग उद्योग दर्र्ता भएको थियो ।

यसमध्ये उत्पादनमूलक उद्योग १९१ वटा, सेवामूलक उद्योग ७४० वटा र कृषि तथा वनजन्य उद्योग ५५८ गरी एक हजार ४९१ वटा नयाँ दर्र्ता भएको थियो । बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्र्ता गराउने क्रममा वृद्धि भएको प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology