• Saturday 1st of August 2026

लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो ।

कोषले यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोभिड –१९ कोषमा रु १५ लाख आर्थिक सहयोगसमेत गरेको थियो । कोभिड –१९ को प्रकोप फैलिएसंँगै यतिबेला लुम्बिनीको स्थलगत अवलोकनमा रोक लगाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology