• Saturday 1st of August 2026

पहिरोपीडितको उद्धार


  • गोकर्णेश्वर अनलाइन

रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो पीडितको उद्धार गरिएको छ । छ परिवार।लाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखिएको गाउँपालिका – २ का वडाध्यक्ष पेम्बा घलेले बताउनुभयो । उद्धार गरिएकाहरुमा ओममाया तामाङ घले, सिंथापा तामाङ, लीलसिं तामाङ, कामी घले, सुप्पा घले र कान्छीमाया तामाङको परिवारलाई गाउँमा राखिएको हो ।

घरमाथि आएको पहिराले घरमा बस्न नसकिने भएपछि उनीहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । उनीहरुको घरगोठमा क्षति पुगेको छ । गाउँमा पानी परिरहेकाले घरमा भएको अन्नपात र भाँडासमेत झिक्न नसकिएको वडाध्यक्ष घलेले टेलिफोनबाट जानकारी दिनुभयो । सो परिवारलाई चामल, दाल, नुन र तेल गाउँपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology