• Tuesday 28th of July 2026

जेलबाट भाग्ने ११ कैदीको प्रहरी कारबाहीमा मृत्यु


  • गोकर्णेश्वर अनलाइन

पपुवा न्यूगिनीको लाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको छ । पपुवा न्यू गिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बिरामी कैदीलाई उपचारको लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरूले सामुहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको शिलशिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् ।

उनीहरू समाचार तयार पार्दासम्म फरार रहेका छन् ।” उक्त समूहले जेलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरलाई चक्कू प्रहार गरी जेलबाट बाहिर भागेका थिए । सुरक्षाकर्मीले भाग्न लागेको समूहलाई रोक्न खोज्दा झडप भएपछि चलाइएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको सुधार गृहका आयुक्त स्टीफन पोकानिसले पुष्टि गर्नुभयो । उहाँले मङ्गलबार एएफपीसँग भन्नुभयो, “हामीले आफ्नो तथ्याङ्कलाई अद्यावधिक गरेका छौं । जेल तोड्ने कार्यमा ४७ जनाको सम्लग्नता रहेको पाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने अन्य फरार रहेका छन् ।” पपुवा न्यूगिनीमा सन् २०२० मा जेलबाट भाग्न गरिएको चौथो ठूलो घटना हो । यस पहिले जनवरीमा बुइमो जेलबाट १६ कैँदी जेल तोडी भागेका थिए । त्यस्तै सन् २०१७ मा भएको यस्तै एक घटनामा परी १७ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology