• Saturday 25th of July 2026

लक्ष्यअनुसार राजस्व उठेन


  • गोकर्णेश्वर अनलाइन

आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६÷०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो । कार्यालयले सो आर्थिक वर्षमा रु पाँच अर्ब ८२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकमा घोषणा गरिएको लकडाउनका कारण लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा गत आर्थिक वर्षमा करिब १० प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७४÷७५ मा चार अर्ब २२ करोड ४३ लाख राजस्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी हरेराम ढकालले गत आर्थिक वर्षमा सङ्कलित रकममध्ये अन्तःशुल्ककरतर्फ रु दुई अर्ब ५२ करोड १६ लाख, मूल्यअभिवृद्धिकरतर्फ रु एक अर्ब दुई करोड १५ लाख र आयकरतर्फ रु ८९ करोड ६० लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । कार्यालयले वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्यअनुसार घर बहालकर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियामवलीले स्थानीय निकायले आफ्नो नगरको घर बहालकर आफँै उठाउने निर्णयले आन्तरिक राजस्व कार्यालयको मातहतमा सो राजस्व यस वर्षदेखि नआएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology