• Saturday 1st of August 2026

स्याङ्जा जिल्ला अदालतद्वारा ५५ प्रतिशत मुद्दा फछ्र्योट


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६÷७७ मा ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले ६७.२७ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकामा विश्वभर फैलिएको कोभिड­१९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताउनुभयो । “चैत ९ गतेसम्म ५५.०४ प्रतिशत मुद्दा फछ्र्योट भइसकेको थियो” स्रेस्तेदार रेग्मीले भन्नुभयो, “लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्योट हुने अवस्था थियो तर कोभिड­१९ को बन्दाबन्दीका कारण लक्ष्य पनि भेटाउन सकेनौँ ।” अदालतमा आर्थिक वर्ष २०७५÷७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६÷७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये स्याङ्जा जिल्ला अदालतबाट ४७५ वटा मुद्दा फछ्र्योट भएको स्रेस्तेदार रेग्मीले बताउनुभयो ।

“आर्थिक वर्ष २०७५÷७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६÷७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये अदालतबाट गत आर्थिक वर्ष २०७६÷७७ मा ६६४ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेको थियो” स्रेस्तेदार रेग्मीले भन्नुभयो, “कोभिड­१९ को बन्दाबन्दीको प्रत्यक्ष असर अदालतमा पनि परेकाले लक्ष्य अनुसार मुद्दा फछ्र्योट हुन नसकी ५५.५६ प्रतिशत मुद्दा फछ्र्योट भएको हो ।” अन्य मुद्दाको तुलनामा स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्ष २०७६÷७७ मा सम्बन्धविच्छेदका २३९ वटा मुद्दा दर्ता भएकामध्ये सम्बन्धविच्छेद हुने गरी १९० वटा मुद्दा मिलापत्र भएका छन् । स्रेस्तेदार रेग्मीका अनुसार स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेद, लागूऔषध ओसारपसार, जबरजस्ती करणी, अंशवण्डा, मानाचामल, कर्तव्यज्यान, केही सार्वजनिक अपराध मुद्दा, चोरी, मानव बेचविखन, कुटपिट तथा लुटपाटजस्ता मुद्दाहरु दर्ता भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology