• Saturday 1st of August 2026

करारका कर्मचारी नहटाउ : राष्ट्रिय जनमोर्चा


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय जनमोर्चाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक कोष जुटाउन प्रशासनिक क्षेत्रको खर्च कटौती गर्ने सरकारको नीति सही भएपनि ती निकायमा भएका अन्य अनावश्यक खर्चबाट कर्मचारीलाई कायम राख्न सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आज यहाँ जार विज्ञप्तिमा जनाइएको छ ।

कतिपय गाउँपालिका तथा नगरपालिकामा सरकारले अझै दरबन्दी अनुसार कर्मचारी पठाउन नसकेको स्थितिमा ती तहले आवश्यकतानुसार करारमा नियुक्ति गरेका कर्मचारीलाई हटाउनु सही नहुने जनाएको हो । कतिपय तहमा दरबन्दी नतोकिएका वा अति जरुरी भएकाबाहेक अन्य कर्मचारी नियुक्त गरिएको अवस्थामा भने उनीहरुलाई तुरुन्त हटाइन सो पार्टीले आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology