• Saturday 25th of July 2026

शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट परीक्षा लिन अनेरास्ववियूको माग


  • गोकर्णेश्वर अनलाइन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ । अनेरास्ववियुले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई इमेलबाट २१ सूत्रीय मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्दै सिकाइ सहजीकरण निर्देशिका २०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिकसत्रकै अङ्ग बनाउन माग गरेको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्बन्धित ११ र विश्वविद्यालय शिक्षासंँग सम्बन्धित १० माग उल्लेख गरिएको छ । त्यसैगरी कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको ग्रेडिङ मापदण्डलाई स्थगन गरी गत वर्षको मापदण्डानुसार नै भर्ना गर्न, विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न, कक्षान्नोति गर्न तथा होम सेन्टरको व्यवस्था गरी कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरिएको छ ।

‘विश्वविद्यालयतर्फ अनलाइन तथा वैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डीन कार्यालयलाई प्रदान गर्न र सेमेष्टर प्रणालीमा चलेका कक्षाहरुको हकमा स्वतः सेमेष्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमशः बाँकी रहेका सबै सेमेष्टरहरुको परीक्षा गराउन माग गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ । अनेरास्ववियुले शैक्षिक वातावरण बनाउन आइसोलेशन र क्वारेन्टिन रहेका विद्यालयमा निःसङ्क्रमण गर्न र क्वारेन्टिनको वैकल्पिक व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology