• Saturday 1st of August 2026

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने–६ का सात वर्षीय बालक खगेन्द्र बयक रहेका छन् । समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो । बालक घर नजीकै माथिल्लो भावरको नजीक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए ।

दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए । घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिनुभयो । बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology