• Saturday 1st of August 2026

लोकन्थलीका एक सङ्क्रमितको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उहाँले एक सातामा पिसिआर परीक्षण गरिने बताउनुभयो ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । नेपाली सेनाको वीरदल गणका टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिनुभयो । यसअघि उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका –१ दूधपाटीका ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमै मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिनुभयो । भक्तपुरमा हालसम्म चारचार महिला र पुरुष सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology