• Saturday 1st of August 2026

तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद


  • गोकर्णेश्वर अनलाइन

धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै रु तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी रु दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ ।

त्यसैगरी प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट भन्सार छलीका मोबाइल ब्याट्री र डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ । धनगढी–१ स्थित मोबाइल रिपेयरिङ पसलबाट २०० थान मोबाइलका डिस्प्ले, ५६ थान मोबाइल टच, ३३ थान किबोर्डवाला मोबाइलको डिस्प्लेले, १०६ थान ब्याट्री, ७२ थान ब्याक कभर गरी रु एक लाख ६६ हजार ३६० बराबरका मोबाइल ब्याट्री र डिस्प्लेसहित पसलका सञ्चालक अमन अहमदलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

यस्तै प्रहरीको सोही टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट भन्सार छलीका ट्र्याक्टरका पार्टपुर्जा र सुपर पावर सुर्तीसहित एक जनालाई पक्राउ गरेको छ । ट्र्याक्टरका विभिन्न पार्टपुर्जा र सुपर पावर सुर्ती १७ थान पोका अन्दाजीरु ३५ हजार ८५० बराबरको समान लगिरहेको अस्थामा गोदावरी नगरपालिका–७ का धनबहादुर देउवालाई पक्राउ गरिएको जनाइएको छ । बरामद गरिएका सामानसहित देउवालाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology