• Saturday 1st of August 2026

डोटी केन्द्रविन्दु भएर ३.८ को भूकम्पको धक्का


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology