• Saturday 1st of August 2026

२१ सेनासहित २४ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी सङ्क्रमण भएको यो पहिलो पटक हो । कोरोना सङ्क्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology