• Saturday 1st of August 2026

गस्तीका सशस्त्र प्रहरीमाथि तस्करद्वारा ढुङ्गा प्रहार


  • गोकर्णेश्वर अनलाइन

गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताउनुभयो । स्थानीय बासीन्दाको सहयोग पछि तस्करहरु भागेका हुन् । तस्करहरुबाट रु १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ । सोमबार समेत बेलडाँडी गाँउपालिका ३ कालोपुल नजिक पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०/१५ जना भारतीय तस्करले नेपालतर्फ सामान भित्राउन खोज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरले भन्नुभयो, “रु १५ हजार ६०० मूल्य बराबरको समान भारतीय तस्करले छाडेर गएका छन् ।” उहाँका अनुसार सामान नियन्त्रणमा लिइए पनि भारतीय तस्करहरु भने भाग्न सफल भएका छन् । यस बारेमा भारतीय सीमा शुरक्षा बल विओपी टाटरगञ्जलाई समेत जानकारी गराईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology