• Sunday 2nd of August 2026

जाजरकोटमा गिद्ध गणना


  • गोकर्णेश्वर अनलाइन

प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो । जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ । यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology