• Sunday 2nd of August 2026

पत्रकार कार्कीमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न माग


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय समाचार समिति (रासस) मा क्रियाशील सङ्घसङ्ठनले राससका वरिष्ठ समाचारदाता तथा सेवाग्राही शाखा प्रमुख राजाराम कार्कीमाथि भएको साङ्घातिक आक्रमणको निन्दा गरेका छन् । नेपाल पत्रकार महासङ्घ रासस शाखा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस र रासस कर्मचारी सङ्घले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी कार्कीमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।

वरिष्ठ समाचारदाता कार्कीमाथि आज बिहान ९ः३० बजे घरायसी सामान खरीद गर्न बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्क नजीकै रहेको चामुण्डा हार्डवेयरमा पुगेको अवस्थामा आक्रमण भएको थियो । उहाँमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका –१० घर भई बनेपा नगरपालिका वडा–१४ साँगास्थित नेपाल प्रहरी स्कूलका नेपाली विषयका पढाउने शिक्षक उद्धव कार्कीले पुरानो हिसाबकिताव बाँकी भएको भन्दै एक्कासि आक्रमण गरेका थिए । राससका पत्रकार महासङ्घ र सङ्घसङ्गठनले आक्रमणकारीलाई कानूनबमोजिम कारबाहीको माग गर्दै पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology