• Tuesday 28th of July 2026

इजिप्टमा पनि कोभिड १९ का संक्रमित १ लाखभन्दा बढी


  • गोकर्णेश्वर अनलाइन

२३ भदौ (रासस,एएनआई) : इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ । उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँका ५ हजार भन्दा बढी नागरिकको सो सङ्क्रमणबाट ज्यान गएको छ ।

सोमबारको प्राप्त पछिल्लो समाचारमा यहाँ ५ हजार ५४१ जनाको यो सङ्क्रमणबाट ज्यान गएको जनाइएको छ । यो संक्रमणका ७९ हजार भन्दा बढी संक्रमित यहाँ निको भएर घर फर्किएका छन् । यसरी यहाँका संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब २ करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट ८ लाख ८१ हजार जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology