• Sunday 2nd of August 2026

अवरुद्ध डुम्रे–बेँसीशहर सड़क संचालन


  • गोकर्णेश्वर अनलाइन

मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड आज बिहान करिब ४ः०० बजेदेखि सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ रानीकुवा नजिकै बोहोराबेँसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो ।

स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो । सो पहिरो बेँसीशहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताउनुभयो । पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारी साधन रोकिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology