• Sunday 2nd of August 2026

तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित


  • गोकर्णेश्वर अनलाइन

हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।

तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएको रिप गाउँका वीरजन महताराले बताउनुभयो । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology