• Sunday 2nd of August 2026

नेकपाद्वारा पहिरो पीडितलाई राहत वितरण


  • गोकर्णेश्वर अनलाइन

फगामका पहिरो पीडितलाई नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले राहत सहयोग गरेको छ । कालीगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकका कारण भूमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिराबाट पीडित भएकाका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुबाट सहयोग सङ्कलन गरी फगामका २२ घरपरिवारलाई रु चार हजारका दरले रु ८८ हजार राहत उपलब्ध गराइएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा म्याग्दीका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, पार्टी सचिव श्रेष्ठ, प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष खड्ग गिरी लगायतले स्थानीय वडाका जनप्रतिनिधको रोहवरमा पहिरो पीडितलाई राहत वितरण गर्नुभएको थियो ।

यो पनि हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology