• Sunday 2nd of August 2026

आमाको हत्याको आरोपमा छोरा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । उनलाई तत्काल घटनास्थलबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology