• Sunday 2nd of August 2026

बैंकर्स सङ्घ प्रदेश एकाइमा शाक्य


  • गोकर्णेश्वर अनलाइन

नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेश एकाइ समिति गठन गरिएको छ । एभरेष्ट बैंक प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स सङ्घ कर्णाली एकाइ समिति गठन गरिएको हो । एकाइको सहसंयोजकमा ग्लोबल आइएमई बैंकका विष्णु अर्याल तथा सदस्यमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन हुनुभएको छ ।

केन्द्रमा रहेको बैंकर्स सङ्घलाई सातै प्रदेशमा एकाइ समितिका रुपमा विस्तार गरिएको हो । संयोजक शाक्यले एकाइ समितिले प्रदेश राजधानी र प्रदेशका सबै जिल्लामा बैंक तथा वित्तीय कारोवार, सरोकार निकायबीच समन्वय गर्न सहज हुने बताउनुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology