• Saturday 25th of July 2026

मनास्लु वर्ल्ड कलेजले असोज ३ गते छात्रवृत्तिको लागि अनलाइन प्रवेश परीक्षा संचालन गर्ने


  • गोकर्णेश्वर अनलाइन

चावहिल -७,चुच्चेपाटीमा अवस्थित रहेको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७७/०७८ को कक्षा ११ मा अध्ययन गर्न चाहने विधार्थी हरुको लागि अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवारका दिन सञ्चालन गर्ने भएको छ । स्थापनको छोटो समयमानै निकै चर्चा बटुलेको उक्त कलेजमा असोज ३ गते विहान विभिन्न समयमा प्रवेश परीक्षा हुन लागेको हो। विज्ञान संकाय अध्ययन गर्न चाहने विधार्थी हरुको विहान ११:०० बजेदेखि १२:३० सम्म, व्यवस्थापन, मानविकी तथा कानुनी संकाय अध्ययन गर्न चाहने विधार्थी हरुको लागि दिउँसो १:०० बजे देखी २:३० बजे सम्म अनलाइनको माध्यमबाट प्रवेश परीक्षा हुने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए।  उक्त विभिन्न संकायमा हुने प्रवेश परीक्षा मा पास भएका मध्ये उत्कृष्ट १०० जना विधार्थी हरुको लागि छात्रवृत्ति प्रदान गर्ने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बताए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology