• Sunday 2nd of August 2026

सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ ।

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहनुभएका डा विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उहाँको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology