• Sunday 2nd of August 2026

मुख्यमन्त्री भट्टद्वारा संविधान दिवसका अवसरमा शुभकामना


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनाका निम्ति नेपाली जनाताले पटकपटक गर्दै आएका आन्दोलन तथा सशस्त्र सङ्घर्षमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दछु, सन्देशमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री भट्टले भन्नुभएको छ, “संविधानले परिकल्पना गरेका प्रावधानहरुको संस्थागत विकास गर्ने क्रममा सबै प्रकारका कानूनहरुलाई संविधानको भावना र मर्म अनुकूल बनाई प्रदेश सरकार जनतालाई उनीहरुको घरआँगनमा सरकारको अनुभूति दिलाउने कार्यमा लागिपरेको छ ।’’ समाजमा व्याप्त वर्गीय असमानता, जातीय विभेद, बेरोजगारी कुरीति तथा कुसंस्कारलाई निर्मूल पारेर मात्र संविधानले परिलक्षित गरेको गन्तव्यमा पुग्न सकिने भएकाले यसका लागि सबै एकजुट एवं दत्तचित्त भएर लाग्न तथा वर्तमान संविधानको पूर्ण कार्यान्वयनमार्फत सङ्घीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्नेतर्फ मन, वचन र कर्मले समर्पित हुन उहाँले सम्पूर्ण प्रदेशवासीलाई अनुरोध गर्नुभएको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology