• Tuesday 28th of July 2026

भियतनाममा शक्तिशाली आँधी, तीनको मृत्यु, एक सयभन्दा बढी घाइते


  • गोकर्णेश्वर अनलाइन

४ असोज (रासस÷सिन्ह्वा) : भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् ।

सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ । भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् ।त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् । यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology