• Monday 3rd of August 2026

पहिरामा पुरिएर दुईको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिनुभयो ।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते हुनुभएको छ । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology