• Monday 3rd of August 2026

पाँचखाल नगरपालिकालाई रेबिज मुक्त नगर बनाउने अभियान शुरु


  • गोकर्णेश्वर अनलाइन

पाँचखाल नगरपालिका भित्रका सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ । नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर(नार्क)सँगको सहकार्यमा बन्ध्याकरण अभियान चञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरिसकेको पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमले बताउनुभयो । अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । यही असोज १२ गते सम्म सञ्चालन हुने यस अभियानमा रेबिज विरुद्धको खोप पनि दिने प्रमुख महेश खरेलले बताउनुभयो ।

“नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न दुर्घटना गराउन सक्ने भएकाले अत्यन्तै गम्भीरताका साथ अभियान थालनी गरेका हौं”, नगर प्रमुख खरेलले भन्नुभयो, “नगरभर छाडा छोडिएका कुकुरलाई सङ्कलन गरेर ल्याएर बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिनेसन भइरहेको छ ।” ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित मङ्गलबारदेखि एक सातासम्म रेबिज विरुद्धको निःशुल्क खोप लगाउन अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पशुपन्छी शाखामार्फत प्राविधिकले नगरवासीले ल्याएका कुकुरलाई रेविज विरुद्धको खोप लगाउन थालेको नमोबुद्ध नगरपालिका पशुपन्छी शाखाले जनाएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology