• Tuesday 28th of July 2026

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

मेक्सिको सिटी, ९ असोज (रासस–एएनआई) –– मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल संख्या सात लाख १५ हजार ४५७ पुगेको छ ।

मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology