• Monday 3rd of August 2026

बारीमा काम गर्न गएको एक पुरुषको शव फेला


  • गोकर्णेश्वर अनलाइन

मकवानपुरको कैलाश गाउँपालिका–५ बिमिरेखोलामा एक पुरुषको शव भेटिएको छ । कैलाश–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिनुभयो । कैलाश वडा नं १ र ५ को दोभानमा पर्ने बिमिरेखोलामा आज बिहानै शव देखेपछि स्थानीयवासीले वडाध्यक्षलाई खबर गरेका थिए ।

सिन्तान तीन दिनदेखि हराइरहेको कैलाश–५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । उनी गत बिहीबार घरबाट खोलापारि बारीमा काम गर्न गएको र त्यसपछि नफर्किएको आफन्तहरुले बताएका छन् । सिन्तान बारीमा काम गर्न निस्केदेखि अविरलरूपमा वर्षा भएको थियो । उनी भोलिपल्ट अबेरसम्म घरमा नआएपछि आफन्तले खोजी शुरु गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology