• Tuesday 28th of July 2026

अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

काबुल, १५ असोज (रासस–एएनआई) –– अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ । प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिनुभयो । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् । अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन् । केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् । तालिबान समूहले शान्तिवार्तामा अफगान सरकार सहभागी भए पनि तालिबान विरुद्ध सैनिक कारबाही जारी रहेको भन्दै आलोचना गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology