• Tuesday 28th of July 2026

ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, १६ असोज (रासस–एएनआई) –– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।” यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताउनुभएको थियो । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराउनु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology