• Monday 3rd of August 2026

उपत्यकाका विभिन्न अस्पताललाई हिमालय एयरलाइन्सको सहयोग


  • गोकर्णेश्वर अनलाइन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड–१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उपत्यकामा अप्रत्यासित वृद्धि भइरहेको कोभिड महामारीसँग जुध्न र समुदायमा कोभिड भाइरसको फैलावट रोक्न कम्पनीले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई विविध चिकित्सा सामग्री प्रदान गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड महामारी विरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै एअरलाइन्सले ती चिकित्सा सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।

हिमालय एअरलाइन्सको कार्यालयमा भएको कार्यक्रममा एयरलाइन्सको ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले शहीद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रञ्जित बराललाई १०० थान पिपिई सेट र १०० थान आरडिटी परीक्षण किट प्रदान गर्नुभएको थियो ।

त्यसैगरी १०० थान पिपिई सेट र १०० थान आरडिटी परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा ज्ञानेन्द्र शाहले प्राप्त गर्नुभएको थियो । उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायबीच आफ्नो सेवाको पहुँच बढाउने प्रयास अनुरुप एअरलाइन्सले कोभिड–१९ विरुद्धको लडाइँमा अत्यावश्यक पर्ने १०० थान पिपिई सेट, १०० थानआरडिटी परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल पञ्जा, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान कभर र पाँच बोत्तल ९प्रत्येक ५०० मिलिका० स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका सामग्री मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको छ ।

सो हस्पिटलका निमित्त अध्यक्ष श्री पूर्णबहादुर शाहीले हस्पिटलका तर्पmबाट उपरोक्त सामग्री ग्रहण गर्नुभएको थियो । उक्त कामको प्रशंसा गर्दै शाहीले फर्पिङका समुदायका लागि प्राप्त सहयोग समय–सापेक्ष, सान्दर्भिक र अत्यावश्यक रहेको बताउनुभयो । अग्रभागमा रहँदै कोभिड–१९ विरुद्ध लड्ने स्वास्थ्यकर्मीप्रति एयरलाइन्सले गरेको सहयोग उदाहरणीय रहेको र अन्य सङ्घ–संस्थाका लागिसमेत प्रेरणादायी भएको डा बरालले बताउनुभयो ।

उक्त अवसरमा हिमालय एअरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रका लागि सहयोग पु¥याउन एयरलाइन्स सदैव तत्पर रहने बताउनुभयो । सो एयरलाइन्सले हालसम्म कोभिड–१९ महामारी रोकथामका चिकित्सा सामग्रीको ढुवानीका लागि ३७ वटा कार्गो उडान भर्दै ३२८।८२ टन सामग्री नेपाल भित्र्याइएको तथा विभिन्न देशमा अलपत्र नागरिकलाई स्वदेश फिर्ता गराउन जम्मा ११८ वटा उडान भर्दै १९ हजार ४४२ यात्रु नेपाल ल्याएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology