• Saturday 25th of July 2026

सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि


  • गोकर्णेश्वर अनलाइन

नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई रु ९४ हजार ९०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा पनि रु ८०० ले नै वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज भने रु ९४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २०० मा कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology