• Monday 3rd of August 2026

कृषि ज्ञान केन्द्रको बजेटको २२ प्रतिशत रकम मात्र खर्च, रु १५ करोड ८५ लाखभन्दा बढी रकम फ्रीज


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन नसकेको हो ।

प्रदेश सरकारले भदौ महिनामा कार्यक्रम तथा अनुदान शिर्षकमा रु नौ करोड ५९ लाख ३२ हजार, प्रशासनिक तलब तथा ब्याज अनुदानमा रु आठ करोड ५७ लाख ४३ हजार, सवारी साधन, मेशिनरी तथा फर्निचर खरिदमा रु एक करोड ४७ लाख, मेशिनरी तथा औजार खरिदमा रु ५२ लाख ७० हजार र सार्वजनिक समृद्धी कार्यक्रममा रु २५ लाख पठाइएको भए पनि सवारी साधन खरिदमा रु ५५ लाख ३५ हजार र कृषकको ब्याज अनुदानमा रु चार करोड मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले समयमा कार्यविधि नठाएका कारण कार्यक्रम सञ्चालन हुन नसक्दा विनियोजित बजेटको २२ प्रतिशत रकम मात्र खर्च भएको कृषि ज्ञानकेन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ हुने गरेका कारण विनियोजित बजेटको ठूलो हिस्सा प्रत्येक वर्ष फ्रीज हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology