• Monday 3rd of August 2026

टिपरमा मोटरसाइकल ठोक्किँदा मृत्यु


  • गोकर्णेश्वर अनलाइन

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology