• Monday 3rd of August 2026

नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलनका कार्यक्रम फिर्ता


  • गोकर्णेश्वर अनलाइन

नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गएराती आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology