• Saturday 25th of July 2026

बैंकिङ कसुर मुद्दामा फरार पक्राउ


  • गोकर्णेश्वर अनलाइन

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको जानकारी दिनुभयो । उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology