• Monday 3rd of August 2026

औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन


  • गोकर्णेश्वर अनलाइन

तनहुँको बन्दीपुर गाउँपालिका–१ भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीले उक्त ठाउँको अवलोकन गरेको हो ।

‘एक पालिका एक औद्योगिक ग्राम’ बनाउने सरकारको नीति बमोजिम बन्दीपुर गाउँपालिकाले उक्त स्थानमा औद्योगिक ग्राम बनाउन सिफारिस गरिएकाले सो स्थलको अवलोकन गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो ।उहाँका अनुसार औद्योगिक ग्राम स्थापनाका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रू एक करोड बजेट विनियोजन गरेको छ । सो कार्यका लागि भुडाटारमा रहेको ५० रोपनी सार्वजनिक जग्गा पहिचान गरिएको थियो ।

छरिएर रहेका साना उद्योगहरूलाई एकीकृत गरी व्यवस्थित गर्न सरकारले एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम ल्याएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा चार रोपनी र तराई क्षेत्रमा सात बिघा जग्गा हुनुपर्ने मापदण्ड छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology