• Monday 3rd of August 2026

चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन तारकेश्वर नगरपािलकाको आग्रह


  • गोकर्णेश्वर अनलाइन

तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो ।
नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई मनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology