• Monday 3rd of August 2026

सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएनपाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उहाँले बताउनुभयो ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि उहाँले प्रतिलिपि पाउनुभएन । प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो । भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आउनुभएका उहाँले आफ्नो वा श्रीमतीको नाममा जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमा नगरेका कारण उहाँको नागरिकता रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भन्नुभयो,“ उहाँले आफू सरकारी जग्गा हडपेर बसिरहेको तर कार्यालयमा आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि सक्नुभएन् त्यसैकारण प्रतिलिपि नदिइएको हो ।” राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार ६ मा बनाइदिएको थियो । उहाँ ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गर्नुभएको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याउनुभएको थियो । उहाँकै नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो । यतिका प्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भन्नुभयो,“ जिल्ला प्रशासनले नागरिकता दिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन् ।” गैर सरकारी संस्था महासङघ प्रदेश १ का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईको नागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गर्नुभयो । https://www.youtube.com/watch?v=Ff6YG4XBbcM


  • गोकर्णेश्वर अनलाइन

पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उहाँले बताउनुभयो ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि उहाँले प्रतिलिपि पाउनुभएन ।
प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो ।
भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आउनुभएका उहाँले आफ्नो वा श्रीमतीको नाममा जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमा नगरेका कारण उहाँको नागरिकता रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भन्नुभयो,“ उहाँले आफू सरकारी जग्गा हडपेर बसिरहेको तर कार्यालयमा आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि सक्नुभएन् त्यसैकारण प्रतिलिपि नदिइएको हो ।” राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार ६ मा बनाइदिएको थियो ।
उहाँ ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गर्नुभएको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याउनुभएको थियो । उहाँकै नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो । यतिका प्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भन्नुभयो,“ जिल्ला प्रशासनले नागरिकता दिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन् ।”
गैर सरकारी संस्था महासङघ प्रदेश १ का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईको नागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology