• Monday 3rd of August 2026

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता


  • गोकर्णेश्वर अनलाइन

यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरण गरेको छ ।

विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य रहेका ५८ वर्ष नाघेका एकल पुरुष र सबै उमेरका एकल महिलालाई भत्ता दिएको हो ।

संस्थाका अनुगमन अधिकृत घनश्याम रायाका अनुसार ५८ वर्ष नाघेका एकल पुरुषलाई वार्षिक रु छ हजार र एकल महिलालाई वार्षिक रु आठ हजारका दरले भत्ता दिइएको छ । ५१० एकल महिला र छ एकल पुरुषले भत्ता पाएका छन् । यसवर्ष दशैँको मुखमा चाडवाड मनाउन सहज होस् भनेर वार्षिक हिसाबले भत्ता वितरण गरेको संस्थाका सचिव महेन्द्र गिरीले बताउनुभयो ।

यसवर्ष रु ४० लाख ८० हजार सामाजिक सुरक्षा भत्ता घरघरै पुगेर वितरण गरिएको गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology