• Wednesday 29th of July 2026

अफगानिस्तानमा १२ तालिवान लडाकु मारिए


  • गोकर्णेश्वर अनलाइन

काबुल, ७ कात्तिक (रासस/एएनआई) : सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिएका छन् ।

मारिएका मध्ये छ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् । घटनामा परी अरु सात जना घाइते भएका छन् ।

देशको पूर्वी क्षेत्रमा रहेको नान्गारहार प्रान्त अन्तर्गत पर्ने खोग्यानी जिल्लाको डान्डो भन्ने ठाउँमा घटना भएको प्रान्तीय गभर्नरको कार्यालयका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

“घटनामा परी १२ जना तालिवान विद्रोही मारिएका छन्, ती मध्ये छ जना पाकिस्तानी नागरिक रहेका छन, अरु सात जना घाइते भएका छन्,” गभर्नरको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले अन्य केही हतियारहरु समेत बरामद गरिएको जानकारी दिएका छन् । घटनामा परी अन्य सर्वसाधारण र सरकारी सुरक्षाकर्मी तर्फ भने कुनै क्षति नभएको पनि सरकारी सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology