• Wednesday 29th of July 2026

नयाँदिल्लीको वायु झन झन प्रदुषित


  • गोकर्णेश्वर अनलाइन

८ कात्तिक (रासस÷पिटिआई) : भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुदै गएको पाइएको हो ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् । यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो ।

वायु गुणस्तर सूचक शुन्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology