• Monday 3rd of August 2026

सर्लाहीको लालदियरमा घर जल्दा १५ लाखको क्षति


  • गोकर्णेश्वर अनलाइन

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उहाँले बताउनुभयो । आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा बर्तन, टिभी, सिलाई मेसिन, दराज, सुन चाँदी लगायत घर भित्र रहेका सम्पूर्ण समान जलेर १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र र स्थानीयको सहयोगमा आज बिहान आगो नियन्त्रणमा आएको थियो । घर पूर्ण रुपमा जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology