• Monday 3rd of August 2026

टिपरको ठक्करबाट एक बालकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology