• Wednesday 29th of July 2026

अक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्याङ्कका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भएपनि अक्टूबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ ।

शहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ ।

त्यस्तै ग्रामिण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले बताएको छ ।

रोजगार सङ्ख्याको विपरीत अब्टोबरमा सामान तथा सेवा कर सङ्कलनमा फेब्रुवरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology